एभरेष्ट बैंकद्धारा जेसीज माविलाई डस्टबिन सहयोग

भक्तराज जोशी

धनगढी । एभरेष्ट बैंकले जेसीज माध्यामिक विद्यालयलाई डस्टबिन सहयोग गरेको छ । आइतबार बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयलाई डस्टबिन सहयोग गरेको हो ।

बैंकका तर्फबाट उपमहाप्रबन्धक केशब राज पौडेलले जेसीज एभरेष्ट माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. हेमराज पन्त र कार्यकारी निर्देशक करुणाकर पाण्डेयलाई ४२ थान डष्टवीन हस्तान्तरण गरेका हुन् ।

Dengue

विद्यालयलाई डस्टबिन हस्तान्तरण गर्दै बैंकका उपमहाप्रबन्धक पौडेलले प्रर्यावरणीय संरक्षणका लागि विद्यालयलाई डस्टबिन सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । बैंकद्धारा विभिन्न समयमा विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गर्दै आएको बताउँदै पौडेलले सोही कार्यक्रम अन्तर्गत विद्यालयलाई डस्टबिन सहयोग गरेको उल्लेख गरेका छन् ।

त्यस्तै डस्टबिन सहयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. हेमराज पन्तले बैंकलाई धन्यवाद दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार