प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि मात्रै भयो : ओली

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्ता स्वार्थ मात्रै प्रधान भएको दाबी गरे ।

शनिबार काठमाडौंमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुङ्गो लगाउन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको बताए ।

Dengue

उनले भने, ‘अहिलेका प्रधानमन्त्री भारत जानु भयो के के सम्झौता गर्नुहुन्छ केही बताउनुहुन्न जे गर्नुपर्ने त्यो केही पनि काम गर्नुभएन । हाम्रो भूगोलको बारेमा सीमाको बारेमा जो भारतले विभाजित बनाउन खोजेको छ । त्यस सम्बन्धमा टुङ्गो लागेन यस्ता नेपालको आवश्यकता र भावना नेपाली न्यायोचित पक्षमा हुनुपर्ने कुरामा कमजोरी देखाइयो सत्ता स्वार्थ प्रदान भयो राष्ट्रिय स्वार्थ प्रदान भएन ।’

नेपाली आवश्यकता, नेपाली हीत, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरूको देखाएको उनले जिकिर गरे। अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले राष्ट्रिय हीतलाई सर्वोपरि राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरू सदैव तयार रहेको र रहिरहने अडान समेत राखे । सरकारले मनपरी र बेठीक ढङ्गले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने उनको भनाई छ ।

ओलीले विभिन्न सन्धि सम्झौताको अध्ययन गरेर भारत बीचको सम्बन्धलाई आजको समय अनुकूल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ बनाउनको लागि इपीजी गठन गरेता पनि त्यस विषयमा प्रधानमन्त्रीले कुरा नउठाएको बताए ।

उनले भने,‘विभिन्न सन्धि सम्झौताको अध्ययन गरेर नेपाल र भारत बीचको सम्बन्धलाई आजको समय अनुकूल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ कसरी बनाउने त्यस सम्बन्धको लागि इपीजी गठन गरिएको थियो त्यस विषयमा कुरा उठाउन भनिएको थियो उठाउनु भएन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार