विष्णु पौडेल पक्राउबारे गोकुल बाँसकोटा : फाँसीमा चढाउने कानुन भए पनि प्रमाणित हुनुपर्छ

काठमाण्डु– एमाले नेता गोकुल बाँसकोटाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरिएको विषयमा आपत्ति जनाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले ‘फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधिशास्त्रबाट अभियोग प्रमाणित भएपछि मात्र फाँसी दिन मिल्ने बताएका छन् ।
विगतमा राणा, राजा, दलहरु सबैले शक्तिको उपभोग गरेको स्मरण गराउँदै बाँसकोटाले लोकतन्त्रमा अन्तिम शक्तिको श्रोत जनता हुने उल्लेख गरे ।

गल्ती पुष्टि भए कसैले ‘रेड कार्पेट खोज्न’ नमिले नमिल्ने र शक्ति प्रदर्शनका श्रृंखला अतिवादमा रुपान्तरण हुन जाने विषयमा सत्तारुढ रास्वपालाई सचेत गराए ।

”फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधीशास्त्र बाट अभियोग प्रमाणीकरण भएपछि मात्र चढाउन मिल्छ’, बाँसकोटाले लेखेका छन्, ‘शक्ति को सँग थिएन ? राणा, राजा, दलहरु तर, लोकतन्त्रमा अन्तिम शक्तिको स्रोत जनता र कानुनमा निहीत हुन्छ । गल्ती पुष्टि भए कसैले रेड कार्पेट खोज्न मिल्दैन, छैन भने शक्ति प्रदर्शनका श्रृंखला अतिवादमा रुपान्तरण हुन जान्छ । सत्तासिनले जानेकै होलान । अरु के भन्नु त ।’

पौडेललाई पार्टी कामको सिलसिलामा सुर्खेत पुगेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार पक्राउ गरेको थियो । उनलाई मंगलबार काठमाण्डौं ल्याइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार