आँखा पाक्ने रोग कसरी सर्छ ? कसरी जोगिने ? (अन्तर्वार्ता)

भक्तराज जोशी

धनगढी । अहिले देशभर आँखा पाक्ने रोगको बिगबिगी छ । बर्खायाम लागेर पानी पर्न रोकिएलगत्तै अहिले अधिकांश ठाउँमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । यही रोगका कारण तराईका अधिकांश विद्यालयहरु बन्द भएका छन् भने धेरैजसो विद्यालय बन्द हुने तयारीमा छन् । आँखा पाक्ने रोगबाट कसरी बच्ने ? र रोग लागिहाले के गर्ने ? यस्तो भन्छन् गेटा आँखा अस्पतालका चिफ मेडिकल डिरेक्टर सुरेश राज पन्तः

१. आँखा पाक्ने रोग के हो ?
आँखा पाक्ने रोग एक प्रकारको भाइरस हो । भाइरसको संक्रमणकै कारण यो रोग देखापर्ने गर्छ । खासगरी बर्खायाममा पानी पर्न रोकिएपछि यो रोग देखापर्छ । विगतमा पनि यो रोग छिटपुट रुपमा देखिएकै हो । तर यसपाली आँखा पाक्ने रोग व्यापक रुपमा देखिएको छ । अझ कैलाली कञ्चनपुरमा यो रोगका बिरामी झनै बढिरहेका छन् ।

Dengue

२. यो रोग लागेको कसरी थाहा पाउने ?
यो रोग लाग्यो भने बिरामीको आँखा रातो हुने, आँखाबाट आँशु आउने, आँखाको परेली सुन्निने लक्षणहरु देखिन्छन् । योसँगै यो रोग लागेमा बिरामीको आँखामा कचेरा, फोहोरहरु पनि देखिन्छन् । जसले गर्दा आँखा हेर्न गाह्रो हुने र बिझाउन समस्या देखिन्छ । यो रोग एक प्रकारको भाइरसको संक्रमणका कारण लाग्ने भएकोले कहिलेकाँही एक्कासी रुघाखोकी लाग्ने समस्या पनि देखिन्छ । यो रोगका कारण मानिसको छातीमा पनि असर हुनसक्छ ।

३. यो रोग लागे के गर्ने ?
आँखा पाक्ने रोग लाग्दा औषधी प्रयोग गरिहाल्नुपर्छ भन्ने छैन । यो रोग लागेपछि केही समय सताउँछ तर सन्चो पनि हुन्छ । तर बिरामीको आँखाको सेतो भागबाहेर कालो नानीमा पनि असर गरेको देखियो भने चाहिँ औषधी प्रयोग गर्नूपर्छ । सामान्यतया भाइरसको संक्रमणमा ब्याक्टेरियाले पनि प्रभाव पार्ने हुँदा आँखालाई ब्याक्टेरियाबाट जोगाउन १ हप्तासम्म आई ड्रप प्रयोग गर्नुपर्ने हुन्छ । तर नानीमै असर भयो भने चाहिँ लामो समय दुःख दिनसक्छ । त्यसैले आँखा पाकेको लक्षण थाहा पाउनासाथ आँखा अस्पतालमा जानुपर्छ ।

४. यो रोग कसरी सर्छ ? कसरी जोगिने ?
खासगरी यो रोग छुईछाईबाट नै सर्छ । कसैको आँखामा इन्फेक्सन भएको छ र सो आँखामा छोएको हात वा रुमाल अरुको आँखाको सम्पर्कमा पुगेमा यो रोग सर्ने गर्छ । त्यसैले आँखा पाकेको बिरामीले प्रयोग गरेको रुमाल, टावल, तन्ना वा बेडको प्रयोग गर्नु हुँदैन । खासगरी बिरामी जाँच गर्ने डाक्टरहरुमार्फत पनि यो रोग सर्ने हुँदा यसतर्फ डाक्टरहरु पनि सचेत हुनुपर्छ । सकेसम्म आँखा पाकेका बिरामी भिडभाडमा जानु हुँदैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार