बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु

बाजुरा: रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा गएराती वर्षाका कारण छानो पछाडीको रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिए ।

Seti Hospital

भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडीको रुख ढलेर ल्वार र एक भैसी र पाडोसमेत मरेको कठायतले बताए।

स्थानीयले ढलेको रुखले च्यापिएर ल्वार र भैसी मरेको इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेपछि प्रहरीको टोली कोल्टीबाट घटनास्थलमा गएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार