धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द भएको छ।
आइतवार बिहानदेखि ६ पहाडी जिल्लाको विद्युत सेवा बन्द भएको हो। डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रशारण लाइनको तार टुटेपछि दार्चुला बाहेकका जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए।
अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको हो।
प्रतिक्रिया दिनुहोस्