गुड्दागुड्दै गाडीबाट पैसा चोर्ने ४ जना पक्राउ

धनगढी । गुडिरहेको गाडीबाट पैसा चोर्ने ४ जना पक्राउ परेका छन् । ललितपुरको ग्वार्काेमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट सात हजार ४७ डलर (रु नौ लाख २३ हजार एक सय ५७) रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

चोरी भएको जाहेरी परेपछि खोजतलासका क्रममा रु दुई लाख नगदसहित सञ्जीव तामाङ, आइतमान तामाङ, सविना तामाङ र मङ्गललक्ष्मी श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरी थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ ।

Galaxy

उनीहरूको साथबाट रु दुई लाख नगदसहित मोबाइल बरामद गरिएको छ । उक्त डलर साट्ने कार्यमा भने मङ्गललक्ष्मी श्रेष्ठ रहेको फेला पारेपछि उनलाई पनि पत्राउ गरिएको छ । उनीहरूलाई चोरीसम्बन्धी कसुरमा थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल बुझाइएको रेग्मीले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार