धनगढीमा भन्सारछलीका सामान सहित महिला पक्राउ

धनगढी । कैलालीको धनगढीमा भन्सारछलीका सामान सहित महिला पक्राउ गरेकी छन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट भन्सारछलीका सामानसहित ३५ वर्षीया रतना नाथ पक्राउ परेकी हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनी ३१ हजार ६ सय २० रुपैयाँ बराबरका भन्सारछलीका सामानसहित पक्राउ परेकी हुन्।

SHIKHAR COOL TECH

धनगढी उपमहानगरपालिका वडा नम्बर २ की उनी भन्साछलीको आटा, सोनापापडी, केक जेल, नरिवलको धुलो, नमकिन लगाएतका सामानसहित पक्राउ परेकी हुन्।

यस्तै धनगढीबाट २० हजार पाँच सय मूल्यका चिनी, सुट, सुर्ती, मिश्री, बिडी, प्लास्टिकका झिल्लीसमेत बुधवार साँझ प्रहरीले बरामद गरेको छ। धनगढीको मिलनचोकबाट बेवारिसे सामान बरामद गरिएको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार