धनगढी। कैलालीको टीकापुरमा भारी वर्षा भईरहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम पुर्वअनुमान महाशाखा, वर्षामापन केन्द्रका अनुसार अहिले टीकापुरमा भारी वर्षा भईरहेको हो। भारी वर्षा भईरहेकाले नदी तटीय क्षेत्रका मानिसलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ । सामान्यतया ६ घण्टामा १२० मिलिमिटरभन्दा बढी वर्षा भए भारी वर्षा मानिन्छ ।
टीकापुरमा सो भन्दा वढी वर्षा भईरहेको उल्लेख छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्