बालुवाटार जग्गा प्रकरणः पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

धनगढी । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका ४ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू धर्मप्रसाद गौतम र गोपाल कार्की छन् ।

Dengue

यस्तै सोही प्रकरणमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई अदालतको स्टे अर्डर’का आधारमा छोडिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार