धनगढीमा विद्युत् कार्यालयको लापरवाही, जताततै नाङ्गा तार राखेर गर्न खोजेको के हो ?

धनगढी । विद्युत् आफैमा संवेदनशील चिज हो । विद्युतसँगको लापरवाहीले भौतिकमात्रै होइन मानवीय क्षतिसमेत गर्छ । अझ करेन्ट लागेर अकालमै ज्यान गुमाउनु परेको घटना तपाई हामी माझ प्रसस्तै छन् । बेलाबेलामा विद्युत् प्राधिकरण स्वयम् आफैले पनि बिजुलीसँग खेलवाड नगर्नुस् भनी सन्देशमुलक सचेतना दिँदै आएको छ ।

तर आफैले गर्ने कामको धज्जी उडाउने गरी विद्युत् कार्यालय धनगढीको लापरवाही पछिल्ला दिन बढ्दो छ । नागरिक सर्भिसका सवालमा यस अघिदेखि नै विवादिद बन्दै आएको विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र पछिल्लो दिन तार व्यवस्थापनमा निकै कमजोर देखिएको छ ।

Dengue

गेटाको मोहनपुरमा राखिएको सप्लाई बक्स अहिले खुल्लै छ । विद्युत प्रवाहमा निकै संवेदनशील मानिने उक्त सप्लाई बक्स खुल्लै भएको महिनौँ भयो तर यसतर्फ विद्युत कार्यालयको ध्यान भने आजसम्म गएको छैन । हेर्दा काठको बाकसजस्तो देखिने बक्स राखिएको छ तर यो बक्स प्राय खुल्ला नै रहने गरेको छ । त्यसैमाथि उक्त सप्लाई बक्सभित्र राखिएको तार नाँगै छ । जुन निकै जोखिमयुक्त छ ।

कम उचाईमै राखिएको उक्त सप्लाई बक्समा बालबालिकाले पनि सहजै पुग्छन् । यसले थप जोखिम निम्त्याउने स्थानीयको भनाई रहेको छ । यो विषयमा हामीले विद्युत् कार्यालयका कर्मचारीलाई पटकपटक खबर गर्दै आएका छौँ, एक स्थानीयले भने, तर यसतर्फ विद्युत् कार्यालयका कर्मचारीले खासै चासो देखाएको छैन ।

यसरी संवेदनशील विषयमा विद्युत् कार्यालयले उग्र लापरवाही गर्दा यसले भावी दिनमा ठूलो क्षती हुनसक्ने स्थानीयको गुनासो रहेको छ । यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान जाओस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार