बाजुरामा स्याउ खेती फस्टाउँदै

बाजुरा: बाजुरामा पछिल्लो समय स्याउ खेती फस्टाउँदै गएको छ । कृषि ज्ञान केन्द्र बाजुराले स्याउ खेती हुने बाजुराको विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गर्दै किसानलाई स्याउ खेती गर्न लगाएपछि पछिल्लो समय बाजुरामा स्याउ खेती फस्टाउँदै गएको हो ।

केन्द्रको पहल तथा अनुदानमा बाजुरामा उत्पादन गरेका स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समय बाजुराका किसानको स्याउ खेती प्रति आकर्षण बढ्दै गएको छ । केही समय अघि बाजुराका किसानले स्याउ टिप्दै गाई गोरुलाई खुवाउने गरेका थिए ।

Dengue

बाजुरामा उत्पादन भएको अर्ग्यानिक स्याउले कतै बजार नपाएपछि यहाँका किसान स्याउ टिपेर गाई गोरुलाई खुवाउन बाध्य हुन्थे ।

पछिल्लो समय कृषि ज्ञान केन्द्रको पहलमा बाजुरामा उत्पादन भएको स्याउ देशका विभिन्न सहरमा बिक्री हुन थालेपछि यहाँका किसान स्याउ खेती प्रति आकर्षण हुन थालेका हुन् ।

पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरेपनि त्यसले कतै बजार नपाउँदा स्याउ खेती प्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउ उत्पादनमा चाँसो बढाउन थालेका छन् ।

अहिले कृषि ज्ञान केन्द्रले उनीहरूको बैगचामा नै पुगेर स्याउ देशका विभिन्न ठाउँमा बिक्री गर्न आफैँले अनुदान दिन थालेपछि किसानलाई स्याउ खेती प्रति निकै चाँसो बढेको हो ।

स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिन थालेका छन् । बाँझो जमिन सदुपयोग गर्ने गरी विभिन्न स्थानीय तहले किसानलाई स्याउ खेतीमा उत्प्रेरित गर्दै आएका हुन् ।

केन्द्रले अहिले बारीबाट नै स्याउ उठाउन थालेपछि फेरि स्याउ खेतीमा आकर्षण बढ्दै गएको बाजुराका स्याउ किसान बत्ताउँछन् ।

पहिला बाजुराको हिमाली स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको केन्द्रले जनाएको छ ।

बाजुराका १७० हेक्टर जमिनमा अहिले स्याउ खेती गरिन्छ । गत वर्षमा बाजुरामा एक हजार २० मेट्रिकटन उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी मीन प्रसाद जैसीले बताए ।

उहाँले भन्नुभयो, ‘‘पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुने गर्थ्यो । त्यो स्याउ पनि कतै बिक्री नभएर त्यहाँका किसानले गाई गोरुलाई खुवाउथ्ये । अहिले जिल्लामा उत्पादन भएको अर्ग्यानिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुन्छ ।’’

पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ समेत उत्पादन हुने गरेको छ ।

विगतका केही वर्ष यता बाजुरामा उत्पादन भएको झण्डै ६ सय मेट्रिकटन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको सूचना अधिकारी जैशीले बताए । गोरखापत्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार