कैलालीमा २ लाख बढीका भन्सार छलीका सामग्री बरामद 

कैलाली: कैलालीमा भन्सार छलीका सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ धनगढी उप–महानगरपालिका–४ ओमशान्ती टोलमा भारतबाट भन्सार छलीगरी ल्याएको लेडिज कुर्ती ५०० थान बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

२ लाख बराबरको उक्त सामान बेवारीसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिइएको प्रहरी टोलीले अवैध सामान बरामद गरेको हो ।

Dengue

यस्तै कैलालीको भजनी नगरपालिका–१ पडरिया चोकमा भन्सार छली गरि ल्याएका पेप्सी, आन्टी, सुपारी लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ । २५ हजार बराबरको उक्त सामान बेवारिसे अवस्थामा मंगलबार नै बरामद गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको संयुक्त प्रहरी टोलीले ती सामानहरु बरामद गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार