बर्खामा टीकापुरवासिन्दालाई सँधै बाढीकै पीडा

कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त थिए । वर्षायाम सुरु हुनै लाग्दा उहाँलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए ।

‘बर्सेनि बाढीबाट बच्नका लागि पूर्वसावधानीका उपायका बारेमा जानकारी दिइँदै आएको छ । यसले हामीलाई बाढी आउँदा सुरक्षित स्थानमा स्थानान्तरण हुन र भएको धनमाल जोगाउन मद्दत पुगेको छ’, उनले भने, ‘सिकाइ भएको कुरालाई स्थानीयले कार्यान्वयनमा नल्याउँदा भने कहिलेकाहीँ समस्या हुने पनि गरेको छ । समयमा विपद्को जानकारी हुँदा पनि हुने लापरबाहीले ठूलो क्षति बेहोरेको इतिहास हाम्रा अगाडि छ ।’

Dengue

वडा नं ८ सोमती चौधरीलाई पनि बढी पीडा बाढीकै छ । उनलाई बर्सेनि बाढीको समस्याका कारण वर्षायाम सुरु भएपछि चिन्ता बढ्दै जान्छ ।

बाढी प्रभावित क्षेत्रमा लामो समयदेखि प्रक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेको साझेदारीमा नेपाल बाढी उत्थानशील परियोजना सञ्चालन हुँदै आएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकलाई जोखिम बचाउनका लागि र त्यस क्षेत्रका नागरिकको जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ । कैलालीका दुई पालिका र बर्दियाको तीन पालिकामा परियोजनाले काम गर्दै आएको कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले बताएका छन् ।

ठगुन्नाका अनुसार अनुसार कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा काम गर्दै आएको छ । त्यस्तै बर्दियाको राजापुर र मधुवन नगरपालिका साथै गेरुवा गाउँपालिकामा काम गरिरहेको छ ।

प्रक्टिकल एक्सन नेपालका कार्यक्रम व्यवस्थापन विक्रम रानाले कुनै पनि जोखिमलाई पूर्णतया निर्मूल गर्न नसकिने जनाउँदै त्यसलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने भएकाले त्यसमा व्यवस्थापनको काम परियोजनाले गर्दै आएको बताए । उनले विपद्को जोखिममा रहेका नागरिकलाई स्थानीय सरकारको समन्वयमा काम गर्दै आएको बताउँदै नागरिकलाई सुसूचित गर्ने महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार