संरक्षणको पर्खाइमा डोटीका देवस्थल

डोटी । पछिल्लो समय धार्मिक तथा पर्यटकीय क्षेत्रको चर्चा भइरहे पनि स्थानीय सरकार र अन्य निकायले ध्यान नदिँदा डोटीका धार्मिक तथा पर्यटकीय स्थल संरक्षणको पर्खाइमा रहेका छन् ।

जिल्लामा रहेका प्राचीन मठमन्दिर अर्थात् देवस्थल संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । ऐतिहासिक मठ, मन्दिर, देवस्थल संरक्षणमा सरकारले चासो नदिँदा ओझेलमा परेका हुन् । प्रचारप्रसारको अभावमा बडीकेदार–५ स्थित मेलघटी देवस्थल ओझेलमा परेको स्थानीयवासीले बताएका छन् ।

Dengue

मेलघटी देवस्थल संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घ हुँदै पुरातत्व विभाग लगायतले कुनै सहयोग नगर्दा मर्मत गर्न नसकेको स्थानीय देवबहादुर मल्लले बताए । तेह्रौँ शताब्दीमा निर्माण गरिएका देवस्थल संरक्षणको अभावमा मासिने खतरा बढेको छ । उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार र सम्बद्ध निकायप्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र मेलभटी देवस्थल ओझेल परेपछि यसको मौलिकता र महत्व पनि हराउने खतरामा पुगेको स्थानीयवासीको चिन्ता छ । सदरमुकाम सिलगढीबाट त्यस क्षेत्रमा पुग्नका लागि सहज पहुँच मार्ग नहुन र देवस्थल क्षेत्रको पुनर्निर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेका कारण देवस्थल क्षेत्र ओझेलमा परेको मल्लको भनाई रहेको छ ।

धार्मिक तथा पर्यटकीय देवस्थलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने स्थानीय शिक्षक भरत चन्दले बताए । देवस्थलका लागि स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायहरुको बेवास्ता गरेका कारण ओझेलमा परेको उनले बताएका छन् ।

देवस्थलमा सडक पहुँच र अन्य आवश्यक पूर्वाधार निर्माण नहुँदा महत्वहीन जस्तै बनेको उक्त देवस्थल क्षेत्रको संरक्षण र प्रचारप्रचारमा लगानी गरी जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य देवस्थल बनाउन लागि परेका बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताए । पछिल्लो समय यस मेलघटी देवस्थलमा हुनुपर्ने विकास तथा पूर्वाधारका काम हुन सकेको छैन । अब पालिकाको पहलमा प्रदेश सरकार, सङ्घीय सरकारसँग पहल गरी मेलघटी देवस्थलको विकास गरिने उनको भनाई रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार