गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने सरकारको घोषणा

धनगढी । सुदूरपश्चिमको गौरवको योजनाका रुपमा रहेको गेटा मेडिकल कलेज सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन हुने भएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने बताएका हुन् ।

Dengue

कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई यसअघि सरकारले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर आगामी आर्थिक वर्षको बजेट सार्वजनि गर्दै गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने घोषणा गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार