संघीयतालाई बलियो बनाउन लायन्सको भुमिका महत्वपुर्ण छ: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लायन्स क्लबले देशमा संघीयता, समावेशी लोकतन्त्र र धर्म निरपेक्षतालाई थप बलियो र सुदृढ बनाउन आफ्नो तर्फबाट महत्वपुर्ण योगदान दिदै आएको बताएका छन्।

शनिबार श्री लायन्स क्लब काठमाडौको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले क्लबले देशमा संघीयता, समावेशी लोकतन्त्र र धर्म निरपेक्षतालाई बलियो बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताए। उनले रगतको अभावलाई कम गर्ने र गुणस्तरीय रगत आपूर्तिको उद्देश्य पूरा गर्न क्लबले गरिरहेको कार्य प्रशंसनीय भएको पनि बताए।

Dengue

उनले भने, देशमा संघीयता, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता र समाजवादलाई थप बलियो र सुदृढ गराउन सदस्यहरुले आफ्नो तर्फबाट र क्षेत्रबाट महत्वपूर्ण योगदान गरिरहनु भएको छ, भन्ने विश्वास व्यक्त गर्छु। संस्थाले हालैमात्र मानव जीवनको महत्वपूर्ण तत्व रगतको अभावलाई कम गर्ने र गुणस्तरीय रगत आपूर्तिमा सहयोग पु(याउने उद्देश्यले त्रिभूवन विश्व विद्यालयसँगको सहकार्यमा रगत सञ्चारको केन्द्र सञ्चालन गर्न लागेको सुनेर खुसी लाग्यो, सक्रियताको साथ लाग्न थप प्रेरणा प्राप्त होस्।’

उपराष्ट्रपति यादवले आजको अधिवेशनले एउटा सक्षम, इमान्दार तथा देश र समाजप्रति उत्तरदायित्व पूरा गर्न सक्ने नेतृत्व चयन गरेको भन्दै इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह पनि गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार