हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या, बाजुराका जनप्रतिनिधिलाई हाईसन्चो

भक्तराज जोशी

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ५ मा हावाहुरीले विद्यालयको छाना उडाएको पाँच दिन भयो तर अझै पनि मर्मतका लागि भने पहल भएको छैन । ९ जेठमा आएको हावाहुरीले जनज्योती आधारभूत विद्यालय र रामेश्वरी माद्यामिक विद्यालयको छाना उडाएको पाँच दिन बित्दा पनि बेवास्ता गरिएको जनज्योती आधारभूत विद्यालयका प्रध्यानाध्यापक मोहनराज न्यौपानेले बताएका छन् ।

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमै समस्या भएको प्रअ न्यौपानेको भनाई छ । ‘विद्यालय भवनको छानै उडाएपछि पठनपाठनमा समस्या भएको छ, घाम लाग्यो भने त जसोतसो पढाई भई नै हाल्छ तर पानी पर्यो भने विद्यालय बन्द नै गर्नुपर्छ’, उनले भने, ‘यसतर्फ कसैले पनि चासो देखाएका छैनन् । न नगरपालिका सक्रिय छ न वडा कार्यालय ।’

Dengue

न्यौपानेका अनुसार विद्यालयको छाना पुर्ननिर्माण गर्न वडा कार्यालयमा जाँदा वडाले नगरपालिकालाई सिफारिस गरेको छ । तर नगरपालिका भने विभिन्न बाहना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको स्थानीयको आरोप छ ।

यता त्रिवेणी नगरपालिकाका मेयर कमल साउँदले भने हावाहुरीले उडाएको छाना पुर्ननिर्माणका लागि पहल भईरहेको बताएका छन् । ‘छाना पुर्ननिर्माण गरेर पठनपाठन सहज बनाउने प्रयास गरिरहेका छौँ, छाना यहाँ पाईंदैन अन्यत्रैबाट ल्याउनुपर्छ, सामान ल्याउन २(३ दिन त लागिहाल्छ’, उनले भने, ‘अहिले म धनगढी जाँदै छु, मन्त्रालयहरुमा पनि यो कुरा उठाउँछु, फर्केपछि छाना पुर्ननिर्माण गरेर पठनपाठन सहज बनाउछौँ ।’

यस्तै त्रिवेणी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्ली बुढाले वडा स्तरबाट मुचुल्का उठाएर नगरपालिकालाई सिफारिस गरेको बताएका छन् । ‘हावाहुरीले वडाका दुईवटा विद्यालयको छाना उडाएको छ, विद्यालय भवनमा छाना नै नभएपछि विद्यार्थीको पठनपाठनमा निकै समस्या भएको छ’, उनले भने, ‘छाना पुर्ननिर्माणका लागि पहल गरिसकेका छौँ, छिट्टै छाना निर्माण हुन्छ ।’

हावाहुरीले विद्यालयको छाना उडाएपछि हाल विद्यार्थीहरु खुला आकाशमुनी बसेर पढ्न बाध्य छन् । हाल केही स्थानीयको सहयोगमा विद्यालयले सामान्य रुपमा छाना पुर्ननिर्माण गरेको भए पनि हावाहुरीसहित पानी पर्दा भने पठनपाठन पूर्ण रुपमा अवरुद्ध गर्नुपर्ने अवस्था रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार