मन्जुश्री फाइनान्सद्धारा रक्तदान कार्यक्रम आयोजना हुँदै

भक्तराज जोशी

धनगढी । मञ्जुश्री फाइनान्स लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । १५ जेठ गणतन्त्र दिवसको अवसरमा फाइनान्सको धनगढी शाखाले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको फाइनान्सका धनगढी शाखा प्रमुख हेमराज बिनाडीले बताएका छन् ।

Dengue

‘कोभिड महामारीपछि लगातार अस्पतालहरुमा रगत अभाव रहँदै आएको छ । अहिले पनि समयमा रगत नपाउँदा धरैले ज्यान गुमाउनुपरेको यथार्थ हामीबीच नै छ’, उनले भने, ‘बैंकिङ सेवा त हामीले निरन्तर प्रदान गर्दै नै आईरहेका छौँ । सामाजिक उत्तरदायित्व बहन गर्दै यसपाली रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हौँ ।’

त्यस्तै शाखा प्रमुख बिनाडीले १५ जेठ (सोमबार) फाइनान्सले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागी हुनसमेत फाइनान्सका ग्राहक एवं सबैमा अनुरोध गरेका छन् । गणतन्त्र दिवसको अवसरमा देशभरका विभिन्न जिल्लाहरुमा पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बिनाडीको भनाई छ ।

फाइनान्सको धनगढी शाखाले यसअघि सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको थियो ।

कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीको देशभर २७ वटा शाखा रहेका छन् । हाल उक्त फाइनान्सले मुद्धती निक्षेपमा १२.२५ प्रतिशत र बचत खातामा ९.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार