टीकापुरमा ३ महिनामा लागुऔषधका २३ मुद्धा दर्ता

कैलाली । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा तीन महिनाको अवधिमा २३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । । गएको माघ २४ गतेदेखि यही वैशाखसम्म लागुऔषधका २३ मुद्दा दर्ता भएका छन् भने ३३ जना पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

लागुऔषध सेवनमा बालबालिकादेखि अधिकांश युवा सहभागिता देखिएपछि लागुऔषध सेवन तथा ओसारपसार रोक्न प्रहरीले कडाइ गरेको छ । ‘लागुऔषधमा संलग्न अधिकांश युवा छन्’, प्रमुख प्रहरी नायब उपरीक्षक भाटले भने, ‘पक्राउ परेकामध्ये अधिकांश १६ देखि ३५ वर्षका युवा छन् ।’ पक्राउ परेका युवाका साथबाट ५१ ग्राम सात सय मिलिग्राम खैरो हिरोइन, चरेस २६ ग्राम ६ सय मिलिग्राम र गाँजा एक सय २० ग्राम बरामद गरिएको उनले बताए ।

Seti Hospital

‘लागुऔषधको ठूलो डिलर भारततिरै हुने गरेको छ’, प्रहरी नायब उपरीक्षक भाटले भने, ‘त्यहाँबाट ल्याएर यहाँका युवाले बिक्रीवितरण गर्ने गरेका हामीले पाएका छौँ । भारतबाट ल्याउनै नदिन कडाइ गर्नुका साथै लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।’

लागुऔषध सेवनले सामाजिक, आर्थिक र शारीरिक रुपमा असर गर्नुका साथै अकालमै मृत्यु हुन सक्ने भएकाले लागुऔषध ओसारपसारसम्बन्धी केही जानकारी भए प्रहरीलाई सूचना उपलब्ध गराइदिन सबैलाई आग्रहसमेत गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरले तीन महिनाको अवधिमा लागुऔषधसहित सार्वजनिक हित विरुद्धका १२, जुवा र चोरीसम्बन्धी तीन÷तीनलगायत ६६ वटा मुद्दा दर्ता गरी ९३ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । सोही अवधिमा १० जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार