कैलाली र कञ्चनपुरमा रेबिजको जोखिम उच्च

कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ ।

रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । ‘रोगको रोकथामका लागि सचेतना कार्यक्रमसँगसँगै खोप अभियान थालिएको छ’, भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले भने, ‘सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लाका लागि रेबिजविरुद्धको खोप अभियान चलाउन छ हजार मात्रा खोप पठाएको छ ।’

Dengue

रोग अन्वेषण प्रयोगशाला धनगढीमा गएको तीन महिनामा रेबिजको शङ्का लागेका २८ पशुचौपायाको नमूना परीक्षण गर्दा २७ को नतिजा पोजेटिभ देखिएको जनाएको छ । पछिल्लो समयमा धनगढीसहितका क्षेत्रमा कुकुरको बन्ध्याकरण गर्ने काम पनि भइरहेको छ ।

यो अवधिमा रेविज सङ्क्रमित कुकुरले झण्डै एक हजार पाँच सय चौपायालाई टोकेको बताइएको छ । रेबिज रोगका कारण गएको माघ महिनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ का युवक ललित विष्टको मृत्यु भएको थियो । रोग नियन्त्रणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीद्वारा आयोजित रेबिज रोग नियन्त्रणसम्बन्धी उक्त छलफलमा कार्यालय प्रमुख डा अवस्थीले मानिसले लापरवाही गर्दा रेबिजको जोखिम बढेको बताएका हुन् ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले रेबिजको स्थायी समाधान खोज्नका लागि पालिका तहले योजना बनाएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका सहभागीले रोगको रोकथामका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार