वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालको १ वर्ष, यस्ता छन् परिवर्तनका महत्वपूर्ण काम…

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भूवन रिजालले १ वर्षे कामको फेहरिस्त सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको १ वर्ष पूरा भएसँगै उनले आफूले सम्पन्न गरेको कामको फेहरिस्त सार्वजनि गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एक वर्षको कार्यकालमा विभिन्न स्तरबाट कार्य सम्पादन गर्न सघाउने सबैलाई धन्यावाद समेत दिएका छन् । त्यस्तै, उनले इमान्दार आलोचकहरुलाई मार्गदर्शक ठानी स्वीकृति लिन समन्वय गर्नेसमेत बताएका छन् ।

Dengue

अध्यक्ष रिजालले एक वर्षको कार्यकालमा महत्वपूर्ण कामका रुपमा एम्बुलेन्स सञ्चालन, वडा कार्यालयको सेवा डिजिटलाईज, गौशाला निर्माण, १६ शैयाको हस्पिटल भवन निर्माण, क्याम्पसमा प्रथम वर्ष निःशुल्क भर्ना गरेको जनाएको छन् । त्यस्तै, गौमति पार्क निर्माण, डिपो बजारमा पार्क ट्र्याक निर्माण, ए गाउँमा सामुदायिक भवन निर्माण, एफ गाउँमा सामुदायिक भवन निर्माण, ई गाउँमा सामुदायिक भवन निर्माण, ई गाउँमै ओम शान्ती भवन निर्माण, विद्युत् लाइन विस्तार तथा पोल वितरण गरेको जनाएका छन् ।

त्यस्तै, नुकलिपुरमा पानीपिच, वडाका विभिन्न ठाउँमा नयाँ सडक विस्तार, डिपो बजारमा मास्ट लाईट जडान तथा पुराना सडक मर्मतको काम सम्पन्न भएको अध्यक्ष रिजालले बताएका छन् ।

एक वर्षे कार्यकालमा सम्पन्न योजनाको फेहरिस्तसँगै अध्यक्ष रिजालले आगामी वर्षका विकासको बृहत योजना रहेको बताएका छन् । योसँगै उनले समग्र वडाको विकासका लागि थप सहयोगको समेत आह्वान गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार