के तपाईंलाई थाहा छ एन्ड्रोइडको अर्थ ?

काठमाडौं । नेपालमा सबैभन्दा धेरै प्रयोग हुने स्मार्टफोन एन्ड्रोइड नै हो । सस्तो भएकैले यो फोन धेरै मानिसहरूको पहुँचमा छ ।

नेपालमा नौरदश हजार रुपैयाँदेखि करिब दुई लाख ४५ हजार रुपैयाँ पर्ने एन्ड्रोइड फोनहरू उपलब्ध छन् । मूल्य अनुसार फरक फरक गुणस्तर र फिचर तपाईंले पाउन सक्नु हुन्छ ।

Dengue

तपाईंसँग अथवा तपाईंको परिवारमा अन्य अर्को व्यक्तिसँग पक्कै पनि एन्ड्रोइड फोन भएकै हुनुपर्छ । तर के तपाईंलाई एन्ड्रोइड स्मार्टफोनको अर्थ थाहा छ ? आज हामी यही विषयमा चर्चा गर्दै छौं ।

के हो एन्ड्रोइडको अर्थ ?

एन्ड्रोइड लैङ्गिक विशेष रहेको छ र यसको मतलव एउटा यस्तो मानिस, जसको स्वरूप एउटा पुरुष रोबोटको जस्तो देखिन्छ । यदि यसको महिला भर्सनको कुरा गर्ने हो भने त्यसलाई गाइनोइड भन्ने गरिन्छ ।

गाइनोइड हेर्दा हुबहु महिला जस्तै देखिन्छ । जसको प्रयोग फिल्म, आर्ट र विज्ञानमा गरिन्छ । एन्ड्रोइडका अहिलेसम्म कयौं भर्सन आइसकेका छन् र त्यसको पछिल्लो भर्सन एन्ड्रोइड १४ हो ।

जसलाई आगामी अगस्टमा सबैका लागि रोलआउट गरिनेछ । एन्ड्रोइड अपरेटिङ सिस्टम गुगलले तयार पार्छ । कम्पनीले पहिलो व्यावसायिक एन्ड्रोइड भर्सन २३ सेप्टेम्बर २००८ मा रोलआउट गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार