दुई दशमलव ४३ अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेको छ । ​

बुधवार सामान्य घटेको नेप्से एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको छ ।

Dengue

आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ ।

विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३० दशमलव ८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अङ्कले बढेको छ ।

त्यस्तै, वित्त समूह तीन दशमलव २६ र जलविद्युत् समूह दुई दशमलव १२ अङ्कले बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १४ दशमलव ३९ अङ्कको गिरावट देखिएको छ । ​

बैंकिङ समूह दुई दशमलव ६३, विकास बैंक समूह आठ दशमलव ९०, लगानी समूह शून्य दशमलव २३ र जीवन बीमा समूह नौ दशमलव २० अंकले घटेको नेप्सेले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार