सुनको भाउ १२०० रुपैयाँले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ ।

Dengue

२१ वैशाखमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । २१ वैशाखमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ पुगेको थियो ।

आइतबार चाँदीको मूल्य भने २१ वैशाखकै मूल्य कायम गरिएको छ । आइतबार चाँदीको प्रतितोला मूल्इ १ हजार ४४५ रुपैयाँ तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार