प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ।

आज बिहान सिंहदबारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक,आगामी आर्थिक वर्षको बजेट र भुटानी शरणार्थी प्रकरणबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

Dengue

बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको त होइन रु भन्ने खालको आशंका व्यक्त गरेका थिए।

शरणार्थी प्रकरणमा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी हाल फरार छन्। उनका छोरा सन्दीपलाई भने पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। यसअघि सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार