बैतडीमा सर्पले टोकेर एक महिलाको ज्यान गयो

बैतडी । बैतडीमा सर्पले टोकेर एक महिलाको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलकी २५ बर्षीया निर्मला लुहारको सर्पले टोकेर मृत्यु भएको हो ।

गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा लुहारलाई सर्पले टाउकोमा टोकेको थियो ।

Dengue

सर्पले टोकेपछि लुहारलाई स्थानीय वैद्यकोमा झारफुकका लागि लगिएको भए पनि उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन् ।

लुहारको शव पोष्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार