फोनमा कभर राख्नुहुन्छ ? थाहा पाउनुहोस् बेफाइदा

स्मार्टफोनको सुरक्षाका लागि भन्दै हामीमध्ये धेरैले कभर प्रयोग गरेका छौँ । तर फोनलाई जोगाउन गरिएको यो प्रयासले कतै यसलाई हानी त गरिरहेको छैन रु यो कुरा पढिराख्दा तपाईंलाई अचम्म लागिरहेको होला । तर यहाँ हामी फोनमा कभर प्रयोग गर्दा हुने हानी बारे कुराकानी गरिरहेका छौँ ।

लामो समयपछि समस्या देखिन्छ

Dengue

लामो समयसम्म फोनमा कभर प्रयोग गर्दा विभिन्न समस्या देखिन सक्छ । कभरका कारण फोन तात्न थाल्छ, क्षमता कम हुन थाल्छ र अन्य समस्या आउन सक्छ ।

आउनुहोस् केही समस्याबारे कुरा गरौँ

बढी तात्न सक्छ फोन

स्मार्टफोनमा कभर प्रयोग गर्दा फोनको तातो बाहिर निस्कन सक्दैन । यस्तोमा कभरका कारण फोन बढी नै तात्ने समस्या पनि हुनसक्छ ।

क्षमतामा असर पर्ने

फोन तात्ने समस्या देखिएपछि यसको क्षमतामा पनि असर पर्छ । केही कभरमा थुप्रै कट्स हुन्छन् जसका कारण हावा पास हुन्छन् ।

सस्तो कभरले क्षति पुर्‍याउँछ

तर यस्ता कभर महँगो हुन्छन् । धेरै मानिसहरू बजारमा वा फुटपाथमा पाइने सस्तो र साधारण कभर किन्ने गर्छन् । तर यस्ता कभरका कारण फोन चिसो हुन पाउँदैन ।

ढिलो चार्ज हुन्छ

कभरका कारण फोन चार्ज हुने समयमा पनि वृद्धि हुन्छ । फोन धेरै नै तातेको अवस्थामा चार्ज ढिलो हुन्छ ।

किन यस्तो हुन्छ ?

तात्ने समस्या भएका फोनमा आगलागी नहोस् भन्नका लागि स्मार्टफोनले ब्याट्रीको चार्ज गर्ने क्षमतालाई कम गर्छ ।

स्क्रिनमा असर पर्छ

यस्तै कभरका कारण रोकिएको उच्च तापक्रम स्क्रिनबाट बाहिर निस्कन प्रयास गर्छ । जसले गर्दा स्मार्टफोनको डिस्प्लेमा असर पार्छ ।

नेटवर्कको पनि समस्या

यति मात्र होइन, नेटवर्क नटिप्ने समस्या पनि देखिन्छ । कभरले थुप्रै सेन्सरलाई रोकिदिएको हुन्छ । यसका साथै फोनका विभिन्न स्थानमा फोहोरसमेत जम्ने गर्छ जसका कारण थुप्रै सेन्सर ब्लक हुने गर्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार