‘अपि वेश क्याम्प’ भ्रमण सप्ताह सुरु

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिमा ‘अपि वेश क्याम्प’ भ्रमण सप्ताह सुरु भएको छ।

बिहीवारदेखि भ्रमण सप्ताह शुरु भएको भएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए। अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको हो।

Seti Hospital

७ हजार १३२ मिटर उचाईमा रहेको अपि बेश क्याम्पमा पुगेर अपि हिमाल, नाम्पा हिमाल र अन्य प्राकृतिक सम्पदाहरुको बारेमा जानकारी दिने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको अध्यक्ष बोहराले बताए। भ्रमण सप्ताहमा सहभागिताका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतको टोली पुगेको छ।

पहिलो टोली आज पालिकादेखि अपि बेस क्याम्पका लागि हिँडेको छ भने दोश्रो टोली वैशाख १७ गते र तेश्रो टोली वैशाख १९ गते वेश क्याम्पका लागि हिड्ने गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले बताइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार