अब एनसेलको मोबाइल नम्बर ९७० बाट सुरु हुने

काठमाडौं । एनसेल आजियटाले अब प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ । ९८० रेन्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको एनसेलले उक्त रेन्जमा सिमकार्ड सकिएसँगै ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको हो ।

एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेन्जका लागि स्वीकृति पाइसकेको छ । यसैअनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्ने कम्पनीले जनाएको छ ।

Dengue

यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९/१२/६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०******* देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं, कम्पनीको सूचनामा भनिएको छ, यस नम्बरका साथ आगामी दिनहरूमा हामी हाम्रा ग्राहकहरूलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्नेछौं ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार