बझाङमा वैशाख १५ र ३१ गते खोप लगाइने

धनगढीः बझाङका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाइने भएको छ।

जिल्लामा नियमित खोप लगाउन छुटेकाहरुलाई वैशाख १५ र ३१ गते खोप लगाइने भएको हो। मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य कार्यालय बझाङले खोप अभियान सञ्चालन गर्ने भएको छ।

Dengue

जिल्लामा खोप लगाउन छुटेका बालबालिकाका लागि वैशाख १५ र ३१ गते दुई दिन खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकाहरुको लागी बृहत खोज र खोप अभियान सञ्चालन गर्न लागेकाले बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा ल्याउन स्वास्थ्य कार्यालय, बझाङका प्रमुख भानुभक्त जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार