धनगढी: अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारको उच्चस्तरीय टोली आइतबार बिहान धनगढीतर्फ प्रस्थान गरेको छ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद (जेपी) अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको बिहान ८ बजे हुने बिएचए–२५१ उडानमार्फत धनगढी आउन लागेका हुन्। सरकारले डा. केसीसँग संवादमार्फत सहमति खोज्ने प्रयासस्वरूप उनीहरूलाई धनगढी पठाएको हो।
यसअघि शनिबार नै शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेर सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत डा. केसीसँग भेटवार्ता गरेका थिए।
सरकार र डा. केसीबीच सहमतिको वातावरण बनाउन निरन्तर पहल भइरहेका बेला आइतबारको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्