गेटा अस्पताल र मेडिकल विश्वविद्यालय तत्काल सञ्चालनमा आउनुपर्छ : नैनसिंह महर

काठमाडौं : नेपाली कांग्रेसका नेता नैनसिंह महरले सुदूरपश्चिमका जनताको दशकौंदेखिको सपना गेटा मेडिकल विश्वविद्यालय र स्तरीय अस्पतालको स्थापना भएकाले यसको कार्यान्वयनमा अब कुनै पनि प्रकारको ढिलाइ हुन नहुने बताएका छन्।

महरले गेटा मेडिकल विश्वविद्यालयमार्फत एमबीबीएस अध्ययन तत्काल सञ्चालन गरिनुका साथै कम्तीमा ३०० शय्याको आधुनिक अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे।

‘गेटा केवल एउटा अस्पतालको विषय होइन,यो सुदूरपश्चिमका लाखौं नागरिकको स्वास्थ्य, चिकित्सा शिक्षा र समग्र विकाससँग जोडिएको राष्ट्रिय गौरवको परियोजना हो। यसलाई कुनै बहाना बनाएर अल्झाउने वा जनताको सपनामाथि तुसारापात गर्ने काम कसैले गर्नु हुँदैन,’महरले भने।

उनले सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध गराउनुका साथै स्थानीय नागरिकलाई सहज, सुलभ र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न गेटा मेडिकल विश्वविद्यालय र अस्पतालको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको बताए।

महरले सरकार,सम्बन्धित मन्त्रालय,विश्वविद्यालय तथा सबै सरोकारवाला निकायलाई आवश्यक कानुनी,प्रशासनिक र बजेटीय व्यवस्था मिलाई गेटा मेडिकल विश्वविद्यालयबाट एमबीबीएस कार्यक्रम र ३०० भन्दा बढी शय्याको अस्पताल सेवा तत्काल सञ्चालनमा ल्याउन आग्रह गरे।

सुदूरपश्चिमका जनताको लामो संघर्ष र अपेक्षासँग जोडिएको स्वास्थ्य र शिक्षा जस्तो अहंम विषयलाई अन्योलमा राख्ने छुट कसैलाई नहुने उनको भनाइ छ। सरकारले जनभावनाको सम्मान गर्दै शीघ्र निर्णय गरी जनताको सपना साकार पार्नुपर्नेमा उनले जोड छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार