बारा २: उपेन्द्रलाई उछिन्दै जनमतका शिवचन्द्रले लिए अग्रता

बारा क्षेत्र नम्बर २ को सुरूवातमा अगाडि देखिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पछि पर्न थालेका छन्।

कलैयामा भइरहेको मतगणनाको मत परिणामअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता कायम गरेका छन्।

Galaxy

सत्ता गठबन्धनको साथ लिएर जसपाका उम्मेदवार यादव अहिले ५७ मतले पछाडि परेका छन्। उनले ताजा अवस्थामा ५ सय ७१ मत ल्याएका छन्।

त्यहाँ नेकपा एमालेका पुरुषोत्तम पौडेल ५१० मतसहित तेस्रो स्थानमा छन्। अर्कातिर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २३६ मत ल्याएका छन्।

त्यहाँ करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना थालिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार