अर्थतन्त्रलाई चलायमान बनाउन केही समय धैर्य गरौँ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताएका हुन्। अर्थमन्त्री एक्लैले आम चासो र चिन्तालाई सम्बोधन गर्न नसक्ने भएकाले तत्काल नतिजा नआउने भएकाले धैर्य गर्न आग्रह गरेका छन् ।

Dengue

उनले भने ‘हाम्रो साधन र स्रोत थोरै छ । गर्नुपर्ने काम धेरै छ,हामी धेरै निरास नहोऔँ, अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । केही समय धैर्य गरौँ’,अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उनले राजस्व संकलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए । उनले राज्यको प्राथमिकतामा नपरेका विषयमा अनुदान र ऋण लिन उचित नभएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार