कैलालीको एक घरमा आगलागि

धनगढीः कैलालीमा एक घरमा आगलागि भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकामा दुई तले घरमा बुधबार आगलागी भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने कृष्ण बिस्टको काठले बनेको दुई तले चार कोठे टायलले छाएको कच्ची घरमा आगलागी भएको हो। घर नजिकैको खेतमा गहुँको काटेको नलमा लगाएको आगोबाट हावाको कारणले एक्कासि घरमा सल्किन गई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।

khadya

आगलागीबाट करिब दुई लाख ५० हजार बराबरको क्षति भएको छ। अस्थायी प्रहरी पोस्ट साडेपानी बाट प्रहरी सहायक निरीक्षक महेश कुमार कार्कीको कमान्डमा खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार