मेयर बालेनविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै सोमबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

Dengue

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन् ।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरको भएको रिटमा उल्लेख छ । तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजानुपर्ने र नियमित उक्त कार्य गर्नुपर्ने रिटमा माग गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार