सुनको मुल्य आज ८ सयले घट्यो

काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ थियो । अस्ति शुक्रवार नयाँ वर्ष र हिजो शनिवार सार्वजनिक बिदा भएकाले नयाँ भाउ आज तोकिएको हो ।

Dengue

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीवारकै भाउ तोलामा १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार