विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो स्थानमा

काठमाडौं । काठमाडौं आज विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा परेको छ । विहान ११ बजेदेखि केही समय विश्वकै एक नम्बर प्रदूषित शहरको सूचीमा परेको काठमाडौं दिउँसो १ बजेपछि भने दोस्रो नम्बरमा झरेको थियो ।

विश्वभरका शहरहरको वायु प्रदूषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा काठमाडौं एक नम्बरमा पुगेको हो । बिहान ११ बजेदेखि केही समयसम्म काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ थियो । जतिखेर दोस्रो स्थानमा रहेको थाइल्यान्डको चियाङ माई शहरको एयर क्वालिटी इन्डेक्स १८३ थियो ।

Dengue

दिउँसो १ बजे भने काठमाडौंको एयर क्वाललिटी इण्डेक्स १ सय ७२ मा झरेर दोस्रो नम्बरमा पुगेको थियो । दोस्रो स्थानमा रहेको चियाङ माई शहर १ सय ७४ अंकका साथ पहिलो नम्बरमा पुगेको छ ।

आईक्यु एयरका अनुसार तेस्रो स्थानमा कोलकाता १ सय ५८ , चौथो नम्बरमा थाइल्याण्डको राजधानी बैंकक १ सय ५६ र पाँचौ नम्बरमा भारतको राजधानी नयाँ दिल्ली १ सय ५४ रहेको छ । देशको विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदूषण ह्वात्तै बढेकाले सचेतता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार