‘द पोइट आइडल’को फाईनलमा पुगे सुदूरपश्चिमको कवि न्याथन रायन

कञ्चनपुर: कञ्चनपुरका कवि न्याथन रायन ‘द पोइट आइडल’को फाइनलमा प्रवेश गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ निवासी न्याथन नेपाली साहित्य विधामा पहिलोपटक सुरु भएको कवितामा आधारित रियालिटी शोको अन्तिम चारमा पुगेका हुन् ।

उक्त प्रतियोगिताको फाइनलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन् । नाथन रायन कञ्चनपुरको शुक्लाफाँटा ४ असैनाका स्थानीय हुन् । स्नातकसम्मको पढाइ यहीँ बित्यो । महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीर्ण गरेका छन् । महेन्द्रनगरबाट उनी काठमाडौं गए । कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका न्याथन मण्डला थिएटरका विद्यार्थी पनि हुन् ।

Dengue

मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ । सन् २०१९–२० का लागि अमेरिकी दूतावास युथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कविता लेखेको बताएका छन् ।

नयाँ वर्ष २०८० सालको अवसरमा न्याथनलाई कञ्चनपुरको झलारीमा स्वागत गरिएको छ । झलारी बजारस्थित प्रतिक्षालयमा ‘न्याथन रायन जिताऊु अभियान’का संयोजक जयबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रममा न्याथनलाई भव्य स्वागत गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार