छैटौँ दिन पनि उठाइएन सिंहदरबारको फोहोर

काठमाडौं: काठमाडौं महानगरपालिकाले आज पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन । महानगर प्रमुख बालेन शाह (बालेन्द्र) को निर्देशनका कारण शुक्रबार पनि सिंहदरबारको फोहोर नउठाइएको हो ।

‘महानगरले नभनेसम्म हामी फोहोर उठाउन सक्दैनौँ,’ परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले भने ।

Dengue

अहिले सिंहदरबारभित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ । मेयर शाहले गत शनिबार बिहान सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए ।

महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट फोहोर नउठ्ने बताएका छन् । ‘जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्छौँ,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार