होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा पाण्डे

धनगढीः कैलाली होटल व्यवसायी संघको नयाँ कार्यसमिति चयन गरिएको छ।

शनिवार सम्पन्न ३१ औं साधारण सभाबाट नयाँ समिति सर्वसम्मत चयन गरिएको हो। कैलाली होटल व्यवसायी सघंको अध्यक्षमा केशवदत्त पाण्डे निर्विरोध चयन भएका हुन्। यस्तै, उपाध्यक्षमा दीपक थापा क्षेत्री , महासचिवमा अवेशकुमार चन्द, सचिवमा प्रजापति जोशी र कोषध्यक्षमा भगतबहादुर थापा चयन भएका छन्।

Dengue

यसैगरी सदस्यमा क्रमशः धर्मराज भट्ट, केशबहादुर बोहरा, केशव चन्द, कुलदीप चन्द, विष्णु केसी, करनसिंह कुडमाल, सोमराज सापकोटा, भीमबहादुर शाही, राकेश भट्ट र सुरेन्द्र थापा पनि निर्विरोध चयन भएका हुन्। कलमबहादुर बमको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका केन्द्रय अध्यक्ष दिनेशकुमार चुक रहेका थिए।

विशिष्ट अतिथिमा भने सुदूरपसिश्चम प्रदेश सभाका सदस्य रमेश धामी रहेका थिए। यस्तै, कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना, विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार