आजको राशिफल

भक्तराज जोशी

कैलाली । आज चैत १६ गतेका दिन तपाईको भाग्य यस्तो रहने छ ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ०
आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो०

Dengue

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा०

आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो०
आफन्तका बीचमा खटपट र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे०
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो०
आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते०
इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु०
आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सफल यात्राको योग पनि छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे०
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि०
आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ बिजनेश प्लान बन्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा०
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि०
आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

                           राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ,कर्ममा विश्वास गर्नुहोस् भाग्य आफैं बदलिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार