खैरो हेरोइनसहित समातिए भीमदत्तका दुई युवा

कंचनपुर । ईलाका प्रहरी कार्यालय झलारीको टोलीले शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा स्याली नदीको पुल नजिकबाट मंगलबार राति करिब ९ बजेतिर भीमदत्त नगरपालिकाका युवालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाही र अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक धर्मराज बुढाको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले लागूऔषधसहित भीमदत्त नगरपालिका–१८ का तपेन्द्र चौधरी र भाँसी बस्ने सुमित चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।उनीहरु म।२।प।२९७८ नम्बरको पल्सर मोटरसाइकलमा बेलौरीबाट कलुवापुर आउँदै थिए।

Dengue

मोटरसाइकल चालक तपेन्द्र चौधरीले लगाएको ट्रेकसुटको दायाँ गोजीभित्र कालो प्लाष्टिकको थैलोमा लुकाइछिपाई राखेको अवस्थामा ८ दशमलव ५१० ग्राम खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए।

उनीहरुको साथबाट लागूऔषधका अन्य ट्याब्लेट पनि बरामद गरिएको छ। पछिल्लो समय कञ्चनपुरमा लागूऔषध बरामदका घटना बढेका छन्। प्राय हरेक दिन लागूऔषधसहित युवा पक्राउ पर्न थालेपछि अभिभावक चिन्तित छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार