बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु

बैतडी – बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका ३२ वर्षीय प्रहरी सहायक हल्वदार नविन चौधरी ड्युटीको क्रममा बेहोस भएका थिए। अपराह्न साढे ५ बजेतिर ड्युटीमै बेहोस भएका उनको उपचारका लागि स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो।

Seti Hospital

स्वास्थ्य चौकीमा उपचारको क्रममा साँझ ७ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। जोशीका अनुसार चौधरीको मृत्युबारे आफन्तलाई खबर भइसकेको छ। आफन्त बैतडी पुगेपछि शवको मुचुल्का तयार पार्ने र पोस्टमार्टमको काम गरिने छ। मृतक सहायक हल्वदारको घर कैलालीको कैलारी गाउँपालिका –७ हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार