शुक्लाफाँटा नगरपालिकाले किशोरीलाई आत्मरक्षा तालिम दिदैँ

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको छ। किशोरीमाथि हुने हिंसा न्यूनीकरण गर्नका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिइरहेको हो। विद्यालयमा अध्ययनरत किशोरीहरुलाई तालिम दिइरहेको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले बताइन्। उनका अनुसार कृष्ण माध्यमिक विद्यालय झलारी र बैजनाथ माध्यमिक विद्यालय कसरौलका किशोरीहरुलाई आत्मरक्षा तालिम दिइसकिएको छ ।

सरस्वती माध्यमिक विद्यालय कलुवापुर, सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्शाह, राष्ट्रिय माध्यमिक विद्यालय पीपलाडीमा अध्ययनरत किशोरीहरुलाई पनि आत्मरक्षा तालिम दिइने छ। ‘हामीले ६ वटा विद्यालयमा आत्मरक्षा तालिम दिन्छौं, प्रत्येक विद्यालयमा एक सयभन्दा बढी किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेका छौं।’ किशोरीहरुलाई करातेकी सहायक प्रशिक्षक जमुना सिंहले आत्मरक्षा तालिम दिइरहेकी छन्। ‘ आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइरहेका छौं,’ प्रशिक्षक सिंहले भनिन्।

Dengue

आत्मरक्षा तालिमले किशोरीहरुको आत्मबल बढाउने नगर प्रमुख रणबहादुर महराले बताए। ‘यस्ता तालिमले किशोरीहरु आत्मबल बढ्नुका साथै समस्यामा पर्दा प्रतिकार गर्न सहज हुनेछ,’ उनले भने, ‘अगामी दिनहरुमा पनि बालबालिका तथा किशोरीको आत्मबल बढाउने खालका कार्यक्रम गर्दै जानेछौं।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार