ब्याजदर घटाउन माग गर्दै माइतीघरमा उद्योगी-व्यवसायीको प्रदर्शन

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट महँगो ब्याज असुलिएको दाबी गर्दै उपत्यकाका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।
सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै शुक्रबार माइतीघर मण्डलामा भेला भएर उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्।


बैकिंङ आतंक बन्द गर, बैंक सधै नाफामा, उद्योगी व्यवसायी घाटामा, गरीखाने मर्दैछ, सरकारको राजश्व घट्दैछ लगायतका नारा तय गरेका छन् । यसैगरी बंकिंङ ब्याजदर एक अंकमा ल्याउ, ब्याजदर घटाउ गरीखान देउ, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, स्व. प्रेम आचार्यको माग सम्बोधन गर, व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगी व्यवसायी एक हौँ, उद्योगी व्यवसायीलाई आत्महत्या गर्न बाध्य नपार तथा सहज व्यवसायिक वातावरण कामय गर, औद्योगिक कच्चा पदार्थ आयातलाई सहजीकरण गर, व्यापारिक कर्जा लिने बारो सहजीकरण गर, संविधानमा लेखिएको अर्थ नीति कायम गर लगायतका नाराहरु बोकेका पर्चा, पम्पलेट, ब्यानर सहित व्यवसायी सडकमा उत्रिएका थिए ।

Dengue


विरोध कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीको सहभागिता रहेको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलन जारी राख्ने नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले बताउनुभयो ।

सरकारको विवेदभूर्ण व्यवहार तथा बित्तीय संस्थाहरुको आतंकविरुद्ध व्यवसायीहरुले माघ १६ गते पनि बिरोध प्रदर्शन गरेका थिए ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार