जापानमा दुईजना नेपालीको मृत्यु

काठमाडौँ – जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो । पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । पुनको शनिबार जापानमा अन्त्येष्टि गरिने एनआरएनए आईसीसी सदस्य दीपक कार्कीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार मृतक गुरुङको शव साईतामाको कुकी प्रहरी स्टेसनमा राखिएको र अन्त्येष्टिका लागि परिवारसँग सम्पर्क भइरहेको बताए । जापानमा यस वर्ष नेपालीहरुको मृत्युको संख्या बढ्दो रहेको बताइएको छ । जनवरीदेखि हालसम्म २ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार