डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा

काठमाडाैँ  – भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोलस्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा भएको छ । उपहार खबरसँग कुराकानी गर्दै डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले महाशिवरात्री पर्वलाई भव्य रूपमा मनाउन सबै तयारी पूरा भएको बताउनुभयो ।

महाशिवरात्री पर्वका लागि भारतबाट आजसम्ममा २५० नागा बाबा एवं साधुसन्त आइसकेका र शिवरात्रीसम्म ५०० जना साधुसन्त आउनसक्ने अनुमान गरिएको छ । डोलेश्वर आएका नागा बाबा एवं साधुसन्तलाई समितिले नै खाने, बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरेको छ । महाशिवरात्री पर्वमा डोलेश्वर आउने दर्शनार्थीका लागि बिहान ४ देखि मन्दिरको चारै वटा ढोका खुला गरेर दर्शनको व्यवस्था गरिने भएको छ ।

Dengue

धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्यटकीय दृष्टिले प्रशस्तै सम्भावना बोकेको केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिर विश्वभरका हिन्दुहरुको पवित्र तीर्थस्थल हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्यटकीय दृष्टिले प्रशस्तै सम्भावना बोकेको केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिर वास्तवमा भक्तपुर सिपाडोलको मात्र सम्पत्ति होइन, यो सम्पूर्ण नेपाल र विश्वभरका हिन्दुहरुको साझा सम्पत्ति र पवित्र तीर्थस्थल मान्ने गरिन्छ ।

महाशिवरात्रीमा तीन वटा स्वास्थ्य शिविर रहनुका साथै सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरीको समेत उपस्थिति रहेनेछ । लाइन व्यवस्थापन लगायत अन्य सहजिकरणका लागि स्वयमसेवक समेत खटिनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार