अर्किड कप : क्वाटर फाइनल अन्तरगत चारवटा खेलहरु सम्पन्न, भोली ४ वटा खेल हुने

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड स्कुलले सञ्चालन गरेको अर्किड कपमा आज क्वाटर फाइनल अन्तरगत चारवटा खेलहरु सम्पन्न भएका छन् ।
आजको पहिलो खेलमा शुन्य गोलको बराबरीमा माउन्ट सेबले विद्या विकासलाई ४–३ गोल अन्तरले ट्राई ब्रेकरबाट हरायो । विद्या विकासका सञ्जिव तामाङ म्यान अफ द म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा १–० गोल अन्तरले निर्मल ज्योतीले साम्तेन स्कुललाई पछि पार्यो । निर्मल ज्योतीका निमा शेर्पाको आकर्षक गोलले निर्मल ज्योती स्कुललाई क्वाटर फाइनलमा पुर्याउन सफल भयो । साम्तेन स्कुलका मनोज कटुवाल म्यान अफ द म्याच बन्न सफल भए । आज भएको तेस्रो खेलमा मोनास्टिक स्कुललाई ०–३ गोलको फरकले पछि पार्दै कौटिल्य स्कुल क्वाटर फाइनलको स्थानमा उक्लिन सफल भएको छ । कौटिल्यको तर्फबाट पदमराज खड्का, दिल्सन श्रेष्ठ र सन्देश रावतले समान १–१ गोल गरेको अर्किड स्ुकलका शिक्षक नरेन्द्र पाण्डेयले जानकारी दिए । उनका अनुसार मोनास्टिकका ओम्सन तामाङ म्यान अफ द म्याच चुनिएका छन् । आजको अन्तिम खेलमा २–१ गोल अन्तरले टाइमलाईनलाई पछि पार्दै नेक्सस स्कुल क्वार्टर फाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच भने टाइमलाइनका बेनी बहादुर कार्की घोषित भएका छन् । प्रि क्वाटर फाइनल अन्तरगत भोली ४ वटा खेलहरु हुनेछन् । क्रमशः एकलब्य र मनकामना १० बजे, हाइली क्रिएटिभ र गोल्डेन वड ११ बजे, सीसीएस र साँग्रीला १२ बजे तथा आयोजक अर्किड ए र भिमेश्वर एकेडेमीबीच १ बजे खेल हुने आयोजकले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार